प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको भन्दै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।
काठमाडौंमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा दुई तिहाईको सरकार बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि राम्रो वातावरण बनेको दावी पनि गरे ।
उनले लगानीका लागि ‘भर्जिन ल्यान्ड’ रहेको नेपालमा कुनै द्विविधा नलिई लगानी गर्न विदेशी लगानीकर्तालाई अपील पनि गरे ।
जलविद्युतमा उच्च सम्भावना रहेको औल्याउँदै उनले पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा सम्भावनै सम्भावना रहेको विश्वास दिलाउने प्रयत्न गरेका हुन् ।
बलियो सरकार बनेसँगै राजनीतिक स्थिरताको युग शुरु भएको भन्दै लगानीकर्ताहरुको पूर्ण सुरक्षा सुनिश्चितता गरिने बचन पनि दिए ।
लगानीकर्ताको लगानी सुरक्षित गर्नके लागि संसदले थुप्रै कानुन बनाएको पनि उनले प्रष्ट गरे । भारत र चीनजस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपाल व्यापारिक हव बन्न सक्ने उनको जिकीर थियो ।
नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा कोरा कल्पना मात्र नरहेको भन्दै यसमा हातेमालो गर्न सबै लगानीकर्तालाई प्रधानमन्त्री ओलीले अपील गरे । इमेजखबरमा समाचार छ ।