प्रदेश ५ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई एक करोड आर्थिक सहयोग गर्ने

Image result for प्रदेश ५ सरकार
प्रदेश ५ सरकारले  बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले हावाहुरी प्रभावितको सहयोगका लागि प्र्रदेश २ सरकारको खातामा रकम पठाउने निर्णय गरेको हो ।
त्यस्तै प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।  बैठकले  प्रदेश ५ को आवधिक योजनाको आधारपत्र समेत स्वीकृत गरेको छ । इमेजखबरमा समाचार छ ।