मधु सुधन पाण्डे
छत्रकोट । गुल्मी । छत्रकोट गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
सदरमुकाम तम्घासबाट बुटवल जान लागेको लु २ त १७ नम्वरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १२ प २९७२ नम्वरको मोटर साईकल एक आपसमा ठोक्किँदा दुर्घटना हुन पुगेको श्रृंगा प्रहरी चौकी प्रमुख असई हरिकिशन पुनले जानकारी दिए ।
उनका अनुसार ठोक्किएर मोटर साइकल नालीमा लडेको थियो जिप भने करिव २ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनास्थल श्रृंगाको विद्यालय भन्दा केहि तल र पिपलनेटा अगाडि करापोखरा भन्ने स्थानमा भएको थियो ।
घाइते हुनेहरुमा रेसुङ्गा नगरपालिका–२ तम्घासका ३८ बर्षिय गोपाल पोखरेल, मोटर साईकल चालक छत्रकोट गाउँपालिका–४ का १८ बर्षिय शालिकराम पन्थ , मुसिकोट नगरपालिका–४ बडागाउँका ताराबहादुर राजकोटी, मालिका गाउँपालिका–६ का २२ बर्षिय वसन्त पराजुली, अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का दिलिप केसी रहेको असई पुनले जानकारी दिए ।
घाइतेमध्ये गाेपाल पोखरेलको अवस्था गम्भीर छ । उनको हात टाउकोमा चोट लागेको छ । अन्य घाइतेको विभिन्न अंगमा चोट लागे पनि खतरामुक्त रहेको असई पुनको भनाई छ ।