राष्ट्रपति भण्डारीद्वारा चीनमा जारी बीआरआई सम्मेलनमा सम्बोधन

news
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन । 
चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई) लाई आज गर्दै राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन ।
नेपाल र चीनबीच सीधा रेल वे सेवा विस्तार र अन्य बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले दुई देशलाई मात्रै नभए यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई बढावा दिने उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दूरदृष्टिले विशाल सम्भावना बोकेको बताइन ।
यसलाई सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षणको रुपमा लिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपति भण्डारीले विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्ने विश्वास व्यक्त गरिन ।
लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन ।
विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको राष्ट्रपति भण्डारीले बताए । इमेजखबरमा समाचार छ ।