नेपालमा बर्ड फ्लुबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले बर्ड फ्लुबाट एक जना नेपालीको निधन भएको जनाएको हो । नेपालमा पहिलो पटक वर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको हो । वैशाख १५ गते बर्ड फ्लुका कारण मृत्यु भए पनि पुष्टी भने १७ गते भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै पहिलो पटक यस रोगबाट नेपालीको मृत्यु भएको जानकारी दिएकी हुन् । उनका अनुसार मृत्यु हुने २१ वर्षीय युवक हुन् ।
यद्यपि, यस्ता घटनामा पीडितको पहिचान खुलाउने परम्परा नभएकाले घटनाका कहाँको हो भन्न मन्त्रालयले चाहेन ।
जनस्वास्थ्य कार्यालयमा चेक गर्दा बर्ड फ्लु भएको देखिएको थियो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयले जापानको एक ल्यावमा परीक्षण गरी घटना पुष्टि भएको रिपोर्ट गत मंगलवार आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।