भारतको ओडिसा फानी सामुद्रिक आँधी आइपुग्यो, नेपालमा पनि प्रभाव, आइतबारदेखि देशभर मौसममा सुधार आउने

news

भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधी आइपुगेको छ ।

बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुगेको हो ।

ओडिसामा तीव्रगतिमा हावाहुरीसहित वर्षा भइरहेको अधिकारीहरुले जनाएका छन् ।

तटीय क्षेत्रका झन्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

जलसेना र ‘कोस्टगार्ड’लाई सम्भावित घटनालाई कम गर्न उच्च सतर्कताका राखिएको छ ।

त्यहाँको मौसम विभागले ओडिसाको तटीय क्षेत्रबाट भित्रिएको फानी आँधी उत्तरपूर्वी दिशामा कमजोर हुँदै जाने जनाएको छ ।

मौसम विभागकाअनुसार फानीको गति १७५ किलोमिटर प्रतिघन्टादेखि १८५ किलोमिटर प्रतिघन्टासम्म हुनसक्नेछ । यसका कारण समुद्रमा झन्डै डेढ मिटरसम्म छाल आउनसक्नेछ ।

ओडिसा, पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो आँधी ओडिसाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्दैछ । त्यसपछि यसले बंगलादेशका केही भागमासमेत प्रभाव पार्नेछ ।

Rain and strong winds hit Bhubaneswar as cyclone hits Puri coast with wind speed of above 175km/per hour.

129 people are talking about this