शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु

news

काठमाडौं, वैशाख २१ । बंगालको खाडीबाट विकसित भएको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण भारतमा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

पूर्वी तटीय राज्य उडिसामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । उडिसाका १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । पर्यटकीय सहर पुरी पनि यसबाट निकै प्रभावित भएको छ ।

तीव्रगतिमा आएको आँधीका कारण पुरीमा १६० मानिस घाइते भएका छन् । प्रतिघन्टा २०० किलोमिटरका दरले आएको आँधीले ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति भएको छ । 

: Visuals from Biju Patnaik International Airport in Bhubaneswar after made a landfall in Puri earlier in the day. Restoration process underway.

120 people are talking about this

भारी वर्षासहित आएको हावाहुरीले ठूल्ठूला रुख ढाल्नुका साथै पक्की पर्खालसमेत ढालेको छ ।

त्यसैगरी, ठूलो संख्यामा बिजुलीका पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरु पनि ढलेका छन् ।

फानी उडिसाको पुरीछेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । यसको प्रभावले दर्जनौं गाउँ डुबेका छन् ।

मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा राखिएको छ ।

भारतको मौसम पूर्वानुमान विभागले पानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगलादेशतर्फ लागेको जनाएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, भारग्राम, मेदिनिपुरलगायतका जिल्लासमेत प्रभावित भएका छन् ।

बंगलादेशमा पनि ‘फानी’ आँधीका कारण एकजनाको मृत्यु भएको छ । बंगलादेशका करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा राखिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)