अर्घाखाँचीडट्कम संवाददाता
झिमरुक, प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा न ३ र वाड न ८ बाट नेकपा छोडेर सयौं कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी झिमरुकका चर्चित नेता टाइगर भनिने रेकम बहादुर महतारा सहित सयौं कार्यक्रता राजमोमा प्रवेश गरेका छन।
आज राष्ट्रिय जनमोर्चा झिमरुक गाउपालिकाको आयोजनामा भएको एक कार्यक्रम सहित ती नेता र कार्यक्रतालाई पार्टी प्रवेश गराइएको हो । वडा न ३ वाट रेक बहादुर महतारा टाइगर ,प्रेम बहादुर महतारा ,खुमान सिंघ महतारा,याम बहादुर महतारा,बल बहादुर महतारा, महेन्द्र बहादुर महतारा ,गोबिन्द बहादुर महतारा,राम कुमारी महतारा,भगवता महतारा,सीता के सि,भुपेन्द्र जैसी,खगेन्द्र केसि,ज्ञान बहादुर खडका ,जनक खडका,बिस्ना एम सि ,मधु के सि,शोब बहादुर खडका,गुम बहादुर थापा,दुर्गा बहादुर खडका,गायित्रा के सि,लाल बहादुर के सि,सावित्रा केसि जैसी,धनिराम जैसी,यमलाल जैसी,दान प्रसाद जैसी लागाएत प्रवेश गर्नुभएको छ। त्यसैगरी हिमाल महतारा,बाटुला सामत,बबिता सामत,पुरन सामत,गोपाल महतारा ,खिम बहादुर थापा,भरत महतारा,प्रेम पोख्रेल( ,हरि प्रसाद पोख्रेल नेपाली कांग्रेस बाट )उर्मिला केसि,रेसमा खडका,टीका बहादुर खडका,दुजमान थापा,निम बहादुर महतारा,टेक बहादुर खत्री ,बुद्धिमान थापा,सरिता एम सि,कमला सामत,जवुना सामत लगाएत प्रवेश गर्नुभएको छ।
झिमरुक ८ तुसाराका नेकपा नेता गिर बहादुर बस्नेत सहित टिमुरचौरका नवीन सुनार रेसम सुनार,दिपक सुनार,यम बहादुर बस्नेत जुमान सिंङ महतारा लगाएतका नेता कार्यक्रता प्रवेश गरेका हुन्।
कार्यक्रममा बोल्दै नेता टाइगरले राजमो को बारेमा आफुले लामो अध्ययन गरेको र यो देशको बैचारिक आन्दोलनको नेतृत्व नेकपा मसालले मात्र गरेको तर नेकपा जनता ठग्ने पार्टीमा परिणत भएकोले आफू लगाएतका साथीहरूले उक्त्त पार्टी परित्याग गरेको बताए।
नवप्रवेसि कमरेडहरुलाई जनमोर्चाका प्युठानका नेता बोम बहादुर खत्री र झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जि सि ले अविर लगाइ पार्टी प्रवेश गराउनुभएको थियोे । कार्यक्रममा वडा न ३ का अध्यक्ष मीन बहादुर के सि, ५ का अध्यक्ष टीका जि सि, नेता सिद्दिमान जिसि लगाएतको उपस्थिति थियो ।
स्मरण रहोस केही दिन पहिले नेकपा नेता मणि थापा सोही ठाउँ पुगेर राजमोलाई खुद्रा पसल सुकाउने भनेर अपमान गरेका थिए। त्यसको केही दिनमै राजमो प्रवेशमा लहर चलेको छ । अबको केही दिनमा झिमरुकमा थप भुकम्प जाने स्रोतले बताएको छ।