डिआरजी सुमन
पर्यटकीय क्षेत्रलाई धर्मसँग जोड्दा पर्यटक घट्ने संभावना वढ्दो छ । प्राचीन कालका जंगल,पहाड,ओढार जस्ता स्थल धजावाध्ने र हिन्दु कै पेवा वनाउदा विश्व स्तरीय प्रकृतिसँग रमाउन चाहाने पर्यटकहरुलाई मनमा खल्लो लागेको पर्यटकहरुको गुनासो वढ्दो छ । एक्काईसौँ शताब्दिमा पनि अन्धविश्वासी धर्मशास्त्रका पाठ मात्र घोटाउनु उचित हुदैन ।
नेपाल हिन्दु धर्मको मुख्य गन्तव्य हो जो अकाट्य नै छ यति मात्र हैन विश्व शान्तिका दूत महामानव गौतम वुद्धको स्थल पनि यही नै हो । वौद्धधर्मको मुख्यक्षेत्र लुम्बिनी पनि कम महत्वको छैन । राज पृथ्वी नारायण साहको शव्दलाई लिदा नेपाल चार वर्ण छत्तीस जातको फुलवारी हो तर पछिल्लो समयमा धर्म निरपेक्ष भई सकेको अवस्थामा पनि हिन्दुधर्मका नायकहरुले नेपाल हिन्दु कै मात्र हो भन्नु दुर्भाग्य हो ।
विविध धर्म र विविध जातको मिलनको केन्द्र नेपालमा कुनैपनि राजनैतिक दल वाँ गुण्डाको वलले नेपाललाई द्वन्दतर्फ उन्मुख गराउनु सकरात्मक पक्ष हुदै होईन । भगवान राम लक्ष्मण जानकीको मन्दिर सम्मान गर्ने नेपालीले गौतम वुद्धको स्तूप र चैत्य विहारलाई पनि सम्मान गर्न सक्नु पर्छ । इतिहास देखी नेपाली भूमिमा वसोवास गर्ने मुस्लिम धर्मावलंबिका मस्जिदको पनि संरक्षण गरिनु पर्छ ।
परम्परा देखीको सनातन धर्म मान्दै आएका हामी नेपालीहरु विच पछिल्लो समयमा पश्चिमेली आगन्तुक ईसाई धर्म खुला व्यापारको रुपमा भित्रिनु दुखद भएको हुदा यस धर्मलाई निरुत्साहित गर्नु जरुरी छ । जन्मसिद्ध धर्म संस्कृतिको पालना गर्नु मानवीय संस्कार हो तर चकलेट विस्कुट जसरी वोरामा किताव राखेर दुर्गम वस्तिमा पुगेर गरिव र अनपढ नेपाली नागरिकलाई धर्मको पाठ पठाएर पैसामा धर्म परिवर्तन गराउनु राष्ट्रीय हीत विपरीतका क्रियाकलाप भएको हुदा यसलाई राज्य संयन्त्र वाट नै निरुत्साहित गरिनु जरुरी छ ।
नेपालमा रहेका सवै धर्म संस्कृतिकाअतिमहत्वपुर्ण धार्मिक स्थलको संरक्षण गरिनु पर्छ तर आफ्नो धर्मलाई सर्वेसर्वा मान्दै अरुको धर्मलाई घृणा गर्नु पनि सकरात्मक पक्ष हुदैन तसर्थ आफ्नो धर्म संस्कृतिको संरक्षण सँगसगै अरुको धर्मको पनि ईज्जत गरिनु पर्छ ।
नेपालको पर्यटक प्रवद्धनमा विकासको लागी हिन्दु धर्मालम्बीहरुका मठ मन्दिर जस्तै पशुपति नाथ मन्दिर लगायत हरेक क्षेत्र सफा हुनु मात्र हैन मन्दिर क्षेत्रका वरिपरी रहने वालक तथा वृद्ध (माग्नेहरु) लाई हटाई अलग स्थानमा राख्नु जरुरी छ । यस्तै शिवको मन्दिर भए शिव सम्बन्धित तथा जुन भगवानको मन्दिर हो त्यो मन्दिरको महत्त्व झल्काउने पुस्तक, मायाको चिनोको व्यावस्था गरिने हो भने थप पर्यटक वृद्धी हुनेमा दुईमत छैन ।
नेपाली व्याकरणको मुख्य केन्द्र पाणिनि तपोभूमी क्षेत्रलाई थप व्यावस्थापन गरी सवै पौराणिक ग्रन्थहरुको संग्रलय वनाउन स्थानीय सरकार ,प्रदेश तथा संघले पनि जोड दिन जरुरी छ । नेपालको विभिन्न स्थलमा रहेका धार्मिक तथा पौराणिक स्थललाई धर्मको नाममा राखिएता पनि धर्म संस्कृति देखी वाहिर रहेर पनि रमाउन चाहानेहरुको लागी पनि उचित पर्यटन क्षेत्रको विकास गर्ने हो भने आन्तरिक तथा वाह्य पर्यटक भित्रने संभावना धेरै छ ।
लेखन : नेपाली समाज र राष्ट्रयताको सवालमा पृथक विचार राख्ने स्वतन्त्र पत्रकार डिआरजी सुमन हुनुहुन्छ ।