सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको मृत्यु प्रकरण छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले समिति गठन गरेको छ ।
मृतक आकृतिका बुवा रामप्रवेश साहले काउन्सिलमा दिएको उजुरीपछि काउन्सिलले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जसमा सोही अस्पतालका पूर्वनिर्देशक, वीर अस्पतालका पूर्वनिर्देशक र रक्तसञ्चार समूहका व्यक्तिहरु रहेका छन् ।
समितिले एक हप्तामा प्रतिवेदन बुझाउनेछ ।
यस्तै, सहिद गंगालाल अस्पतालले पनि घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
यस्तै, आकृतिका परिवार भने न्याय माग्दै मुद्दा दर्ता गराउन शुक्रबार प्रहरी कार्यालय महाराजगन्ज गएका थिए ।
आकृतिका आफन्त सुरेन्द्र साहले प्रहरी कार्यालयले मुद्दा दर्ता गराउन नमानेका कारण सरकारी वकिलमार्फत् आइतबार मुद्दा दर्ता गराउने बताए । इमेजखबरमा समाचार छ ।