उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा

news
उत्तर कोरिया दशकौंयताको चरम खडेरीको मारमा परेको छ ।
३७ वर्षयताकै चर्को खडेरीको मारमा परेको उत्तरले खडेरीले पुर्‍याएको असरविरुद्ध जुध्न नागरिकलाई आह्वान गरेको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका एक करोड जनता तत्काल खाद्यान्न सहयोगको आवश्यकतामा रहेको जनाएको केही समयपछि नै उत्तरले यस्तो आह्वान गरेको हो ।
खडेरीका कारण बालीनालीमा व्यापक क्षति पुगेको बताइएको छ । यस वर्ष सन् १९८२ यताकै सबैभन्दा कम पानी परेको छ ।
यसअघि, ९० को दशकको खडेरीका कारण उत्तर कोरियामा लाखौंको मृत्यु भएको विश्वास गरिन्छ ।
आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि सन् २००६ यता अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ । (एजेन्सी)