ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित बुङकुलुङमा संरक्षित वन्यजन्तु चरीबाघको बच्चा (लेपर्ड क्याट) फेलापरेको छ ।
दुर्लभ प्रजातिको उक्त चरीबाघलाई स्थानीय थुक्तेन शेर्पाको घरमा पालेको कुकुरले च्यापेर ल्याएको हो ।
कुकुरले ल्याएको चरीबाघको बच्चा अन्दाजी एक महिनाको रहेको छ ।
डिभिजन वन कार्यालयले त्यसको जिम्मा लिएको छ ।
दाहिने खुट्टामा सामान्य चोट लागेकाले उपचार गरिने र अलि ठूलो भएपछि जंगलमै लगेर छाडिने सहायक वन अधिकृत चन्द्रकुमार राईले बताए ।
– रासस