रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना, दुई जनाको मृत्यु

रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटासुमो दुर्घटना हुँदा सोमबार दुई जनाको मृत्यु भएको छ । अन्य पाँच घाइते भएका छन् भने तीन जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिकाको गुम्चेतमा दुर्घटना भएको हो । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको छ । उद्धार र बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । rss