‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा राजधानीमा ब्लड डोनर्स एसोसिएसनले आयोजना गरेको एक कार्यक्रमका सहभागी विशेषज्ञहरुले एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्को व्यक्तिको जीवन जोगाउनसक्ने भएकाले सबै स्वस्थ व्यक्तिले हरेक ६/६ महिनामा रक्तदान गर्न सुझाव दिए ।
केन्द्रीय रक्तसन्चार सेवाको तथ्यांकमा नेपालमा दैनिक ५० युनिट रगतको अभाव देखिन्छ । नेपालका ७७ जिल्लाबाट १०५ केन्द्रमार्फत् रगत वितरण हुँदै आइरहेको छ ।
मानिसको रक्तसमूह पत्ता लगाउने चिकित्सक काल ल्यान्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि नै हरेक वर्ष विश्वभर रक्तदाता दिवस मनाइने गरिन्छ । इमेजखबरमा समाचार छ ।