एसईई नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु। अब केही बेरमै नतिजा प्रकाशन हुने ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन हुन अब केहि घण्टा मात्रै बाँकी छ । राष्ट्रिय परीक्षा बोर्डको मिटिङ बसिरहेको छ, मिटिङ सकिनासाथ एसईईको नतिजा सार्वजनिक हुनेछ । सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरे लगत्तै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । 

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको  तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजाकाे लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।

त्यसैगरी टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट 
http://see.gov.np
 बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट 
http://www.neb.gov.np/results
 र नेपाल टेलिकमको वेबसाइट 
http://see.ntc.net.np/
  बाट पनि नतिजा हेर्न सकिनेछ ।