अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी दाङको देउखुरीका विभिन्न बस्तीतर्फ बढ्यो

news
अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी दाङको देउखुरीका विभिन्न बस्तीतर्फ सोझिएको छ ।
शनिबार लमही–कोइलावास सडकको कालोपत्रे नाघेर बाढी वारपार भएको छ । बाढीका कारण सवारी आवागमन अवरुद्ध भएको जनाइएको छ ।
सुरक्षाकर्मीको टोली त्यस क्षेत्रमा उद्धारकार्यमा खटिएको छ ।
अविरल वर्षाका कारण लमही नगरपालिका वडा नम्बर–५ का रिमा नेपालीको एउटा घर भत्किएको छ ।
दाङका अरु स्थानीय खोलाहरुमा आएको बाढीले तुलसीपुर–घोराही–लमही सडकखन्ड अवरुद्ध भएको छ ।
तुलसीपुर–घोराही सडकखन्डको गुर्जेखोलामा आएको बाढीले यातायातका साधन चल्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समिति दाङकाअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करिब साढे ७०० जनालाई तयारी अवस्थामा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन जिल्लावासीलाई आग्रह गरेका छन् । इमेजखबरमा समाचार छ ।