उदयपुरगढीमा थुनिएको खोला फुटेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा

news
उदयपुरगढी गाउपालिका– ६ दनुवार बेसीको तिनपाटे पाखो खस्दा शनिबार देखि थुनिएको बैधनाथ खोला आइतबार बिहान फुटेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् ।
नदी थुनिएर तलाउ बन्दा भकुण्डे चौरी ,जगरेटार ,कुडिया लगायत गाउँका दर्जनौ घर खतरामा परेका हुन् ।
खोला फुटपछि कटारी नगरपालिकाका दर्जनौ गाउँ पनि खतरामा छन् । गोहिया ,बकपति ,लामिदुवाली ,सोमबारे ,रिस्कु लगायतका स्थानमा खोलाले क्षति पुर्याएको छ ।
सयौं बिगा खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । प्रहरीले ती बस्तीमा क्षति हुन नदिन उच्च सतर्कता अपनाएको छ 
शनिबार १० बजे देखि थुनिएको खोला २४ घण्टा पछि फुटेको हो । इमेजखबरमा समाचार छ ।