मेरो कथा चौतारो नामक विश्व विद्यालयवाट प्राप्त व्यावहारिक शिक्षा

डिआरजी सुमन
 एक दिनको कुरा हो लामो पैदल यात्राको क्रममा थिए निकै थकित भएपछि नजिकै रहेको वर पिपलको चौतारीमा आराम गर्दै थिए । त्यसैवेला मेरा आँखा एक्कासी अन्दाज़ी विस वाइस वर्षको युवकको पल्टीएको सरिरमाथी पुग्यो । निकै दिनको भोकै जस्तो देखिने अचेत अवस्थामा लखतरान परेर पल्टिएको युवक देखेपछि उसलाई मेरो भोलावाट पानी निकालेर पिलाई दिए उसले आँखा खोल्यो अनि सर्ट र पाईन्ट निकालेर कपड़ा लगाई दिए अनि मेरो झोलामा रहेको एक प्याकैट चाउचाउ र आधा किलो च्युँरा पनि दिए । उसले खायो र खुसी भएर आफु भिखारी हुन परेको कारण खुलाउदै धेरै कुराकानि गर्यो अनि म उसलाई केही वेरको छलफल पछि रु पाँचसय को नोट दिएर आफ्नो गन्तव्य तय गर्दै थिए । त्यो समय उसले पनि म पर सम्म हजुरसँगै जान्छु भन्यो मैले पनि हुन्छ भनेर सँगै लिएर गए लगभग ४ घण्टाको जंगल पैदल यात्रा सकियो विचमा धेरै कुरा भए ।  हामी एक होटलमा पुग्यौ धेरै भोंक लागेको थियो पसले दाईलाई २ हाप चाउमिन पकाउन पठाए अनि साथमा एक पाउरोटीको प्याकैट माँगी पाउरोटी विचभागवाट काटेर उक्त चाउमिन राखेर अंग्रेज़ी भाषाको स्याण्डवैच वाँ वर्गर जस्तै वनाएर एउटा कोकाकोलाको साथ खान सुरु गरे र त्यों सँगै आएको अन्जान व्याक्तिलाई पनि दिए तर त्यों भिकारी आधुनिक जमानाको परेछ मलाई पत्ता नै भएन उसले पाउरोटी र कोकाकोलाको सट्टा मैले दिएको पैसाले एक वोटल रक्सि र एक प्लैट मासु खायो । 
मेरो यात्रा लामों थियो वाटामा भेटिएको त्यों अन्जान मानिस कहा पुग्ने हो मलाई थाहा भएन तर पनि म उसलाई एक मानवताको नाताले संधाउने कोसिस मात्र गरिन उसलाई कमाउने र रमाउने सस्थामा पनि आवद्ध गराएर आफ्नो गन्तव्य तर्फ उन्मुख भए । वटुवाको यात्रा न हो चलि नै रहयो त्यसको ठिक एक महीना नहुदै उसैले त्यो संस्थामा आफुले ज़िम्मेवारी पुर्वक काम नगरेर उल्टै मेरो वदनाम गर्दै हिड्न सुरु गरेछ । त्योसँग भेंट हुदाको वखत उसले भने वमोजिम उसका घरमा आफ्नो भन्ने केही पनि थिएनन् अनाथ लाई सहयोग गर्नु पनि ठुलो धर्म मानेर उसको लागी कामको व्यावस्था पनि मिलाई दिएको थिए  । उससँग भएको क्षमतामा आधारित काम पनि मिलेको थियो । एकदिन उसले काम छाडेर फेरी मलाई फ़ोन गरेर आफु दु:खी भएको कुरा सुनायो । म उसलाई राम्ररी संझाएर भने “संसारमा सवै भन्दा ठुलो भनेको काम हो र सवैभन्दा तुच्छ वदनाम हो ।” तपाई पुर्वानिर्धारित काम गर्नु र यदि तलव नदिए म दिनेछु त्यति मात्र के भनेको थिए मलाई तथानाम गाली गर्न सुरु गर्यो । धेरैवेरको उसको गाली सुनेपछि उसको वोली वन्द भयों अनि मैले फेरी सोधे तपाईको भनाई सक्नु भयों ? उसले केही पनि जवाब नदिए पछि तपाईलाई धेरै धेरै धन्यवाद  यो मेरो लागी महत्त्वपूर्ण शिक्षा हो जुन दिन तपाई भोकै र नाँगै चौतारो किनारमा हुनुहुन्थ्यो त्यो दिन मैले दिएको चाउचाउ च्युँरा र सर्टपाईन्ट अनि पाँचसय को फल राम्रो दिनु भएको छ । 
आज मलाई यस्तो लाग्यो कि धेरै ठुलो गल्ति गरेको रहेछु सांयद उसलाई सहयोग नगरेको भए आज यो गाली पाउन लायक़ वन्ने थिएन । आज तपाईले मेरो आँखा खोलि दिनु भयों तपाई मेरो लागी भगवान हो अन्जान मानिसलाई मानवताको नाताले सहयोग गर्नु मेरो गंभीर भुल थियो यसप्रति म क्षमा चाहान्छु भन्दै उहाँको फ़ोन सम्पर्कवाट विदा भए । त्यसपछि धेरैवेर सोचमा परि यो निर्णायमा पुग्न वाध्य भए कि संसारमा कसैको सेवा गर्ने र भलो चाहानेहरु पागल सावित हुदा रहेछन । यो युग भनेको उल्टा उल्टा काम गर्ने,कसैको पनि भलो नचाहने, कसैलाई पनि वास्ता नगर्ने कै रहेछ जुन ज्ञान त्यो चौतारो निकट अलपत्रको अभिनय गर्दै सुतेको मानवरुपी नजिक रहेको चौतारो नामक विश्व विद्यालयवाट प्राप्त भयों । 
“लेखक : यथार्थ समाज र राष्ट्रीयताको सवालमा पृथक विचारधाराको परिचय डिआरजी सुमन हुनु हुन्छ ।”