अविरल वर्षाले निम्त्याएको विपद्का कारण ३ नं प्रदेश सभाअन्तर्गत लेखा समितिद्वारा स्थानीय तहमा शुरु गरिएको अनुगमन दोस्रोपटक रोकिएको छ ।
गत आव २०७५/७६ वर्षको अन्त्य महिनासम्ममा प्रदेश नं ३ का एक सयभन्दा बढी स्थानीय तहले नदीजन्य पदार्थको राजश्व बाँडफाँट नगर्दा लेखासमितिले असार पहिलो साता प्रदेशसभा सदस्य रत्न ढकालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनाएर स्थानीय तहमा स्थलगत अनुगमन गर्न पठाएको थियो ।
सोही अनुसार उपसमितिले गत असार १७ गतेदेखि काभ्रेपलाञ्चोकको स्थानीय तहबाट अनुगमन शुरु गरे पनि नगरसभा चलेका कारण देखाउँदै तीन दिनमै रोकिएको थियो । अनुगमन शुरुआती जिल्ला काभ्रेपलाञ्चोकमै अनुगमन रोकिएपछि ३ नं प्रदेशस्थित सार्वजनिक लेखा समितिको बैठकले आजदेखि पुनः अनुगमन गर्ने निर्णय गरे पनि बाढी