मानवीयता, निष्पक्षता र निस्वार्थता धारलाई आत्मसात गरी आफ्नो पेसालाई सम्मान गर्ने कलाकार र पत्रकार

– डिआरजी सुमन
विस्व परिवेशमा पैसा,प्रतिष्ठा र प्रभाव सवैलाई उति नै महत्त्वपूर्ण हुने गर्दछ । नेपालको परिवेशमा पनि राजनीतिक दलको प्रभावमा वरिपरि रहदै  सांगठनिक ढाँचा तयार गरेर पत्रकारीता गर्नेहरुको विगविगी विकराल छ । यता कलाकारिता पनि पहुँच र पैसामा एकपक्षिय रुपमा लागेको पाईन्छ । यहाँ कुनै एक दल विशेषको गोठालो गर्नेहरुको न त कला हुनु पर्छ न त मिडिया नै समाचार लेख्नै प्रदैन गित गाँउने त ढंग हुनै प्रदैन कलाकार र पत्रकारका संगठनमा वरिष्ठ सदस्य र पदाधिकारि कोटा प्रणाली मै भई हाल्ने प्रवृति छ । 
राष्ट्रको चौथौ अंग मानिएको नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ देखी लिएर कलाकारको मुख्य अंग राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान समेत कसैको सक्रियता र क्षमता भन्दा पनि राजनीतिक दल र पहुँचको आडमा भागवण्डामा केन्द्रीत छ । यसैको प्रभावले केन्द्रदेखी स्थानीय तहसम्म नाँगो हैकमवाजी जनाएको हुदा वास्तविक प्रतिभावान कलाकार र श्रमजीवी पत्रकार सधै पछाडी परेको तितो यथार्थ छरप्रष्ट छ । 
कुनैपनि समयमा समसामयिक विषयमा गितसंगीत मार्फ़त समाजको यथार्थता र सत्यता वाहिर ल्याउने कुनैपनि कलाकारको नैतिक र व्यावसायिक अधिकार भएता पनि हैकमवाजी राजनीतिक दलाली प्रवृतिले कलाकार माथी चरम दवाव दिईरहेको देख्दा समाजमा असत्य कै राज छ भन्दा फरक प्रदैन । आफ्नो दलको कार्यकर्ताले छाडा संस्कृति ल्याएपनि राम्रो तर यथार्थवादीले जतिसुकै सभ्य र सत्य ल्याएपनि छाडा देख्ने दलको अन्धदृष्टि वदल्ने औषधि जरुरी छ ।
राजनीतिक हैकमवाजी जनाउदै राज्य कै तर्फवाट जनताको सत्यता तथ्य सुचना पाउने हकमाथी तानाशाही हस्ताक्षेप जारी नै छ । यस समयमा कुनैपनि पक्ष लिएर समाचार नलेख्ने पत्रकारलाई चौतर्फी आक्रमण भएका उदाहरण साक्षी छन । नेपाल पत्रकार महासंघ पनि दलका भरौटेको भर्ती केन्द्र भएको छ ।
यो समयमा कुनै न कुनै राजनीतिक दलका गोठाला रहेका भरौटेहरु आफु निकट दलले जस्तोसुकै ग़लत काम र जस्तोसुकै जघन्य अपराध गरेपनि ज़िन्दाबाद भन्ने र विपक्ष दलले जस्तोसुकै राम्रो काम गरेपनि मुर्दाबाद भन्ने प्रवृतिले सिंगो समाज अन्धकारमय वनेको छ । देशको संघिय सरकार देखी स्थानीय निकाय सम्म राजनीतिक दलका अन्धभक्त झींगाहरु भन्किएका देखिन्छन । जसलाई सफ़ा र फोहोर के हो थाहा नै छैन जहाँ वस्छन त्यो वातावरण दुषीत वनाएरै छाड्छन । उनिहरुको नाक र आँखा नै छैन उसलाई निर्देशित  गर्ने दलको दुर्गन्धले वसायो भने उसलाई पनि वसाउछ गन्हायो भने उसलाई पनि गन्हाउछ । 
निष्पक्ष रुपमा राष्ट्र र समाजको समाचार र सत्यतथ्य सुचना दिने पत्रकार कुनैपनि एक दल विशेषको सदस्य समेत हुनु त हुदैन नै कुनै कम्पनी र व्याक्तिको पनि पेवा हुन सक्दैन । यहाँ दुई चार पैसामा विक्ने द्रव्यपिचास हरुकै कारण सिंगो पत्रकारीता मै दाग लागेको छ । कुनैपनि संस्था, कम्पनीको विज्ञापन लिनु प्रचार प्रसार गर्नु , त्यो कम्पनीको राम्रो पक्षको प्रंशासा गर्नु र नकारात्मक पक्षको खण्डन गर्नु पत्रकारको नैतिक धर्म हो । यहाँ दुई चार हजारको विज्ञापन दिएर स्पेशल मान्छे नै ख़रीद गरे जसरी आफुले मात्र प्रयोग गर्न खोज्ने दलालहरु पनि कमि छैनन् । यदि कोहीपनि पत्रकार वाँ कलाकार कसैको एकपक्षीय हुन्छ भने त्यो कालाकार तथा पत्रकार नभएर उसको प्रवक्ता घोषणा गर्दा अनर्थ लाग्दैन । 
जहिले पनि निष्पक्ष र निस्वार्थता पुर्वक कसैको दवाव,अभाव र प्रभावमा नपरि मन्त्रीको मंत्रालय देखी स्थानीय जनताको  खेतवारीसम्म अनि करोडतिदेखी सामान्य रोडपति सम्मको समान तवरले रिपोर्टिंग गर्ने व्याक्ति नै स्वतन्त्र पत्रकार हो । कुनैपनि सरकार, व्याक्ति र कम्पनीको सहि र ग़लत पक्ष खोज्नु पत्रकारको मुख्य कर्तव्य पनि हो तसर्थ धन र धम्किको आधारमा यसको यो काम गरिदिनु हाम्रो हो र उसको त्यो काम नगरीदिनु हाम्रो हैन भनेर कसैले पनि नभन्नु नै महानता हुनेछ । निष्पक्ष र स्वतन्त्र पत्रकारको क़लमले दुर्गम,सुगम, धनी,गरिव आफ्नो अर्काको भन्ने छुट्टाउने गर्दैन त्यो सवैको वरावर हो । मानिसको सकरात्मक सोच हुनुपर्छ जहाँ पुगेर पनि नि:शुल्क सेवा दिन तयार हुन्छ तर कसैको नियत गलत छ भने कुनैपनि दल,वल र पैसाको दवाव,प्रभाव र अभावले छुन सक्दैन पत्रकार र कलाकारको वोली र क़लम सवैको साझा हो । 
लेखक : पाणिनी कलाकार  कल्याणकारी समाज अर्घाखाँची का संरक्षक तथा अर्घाखाँची डटकम व्युरो प्रमुख हुनुहुन्छ ।