– डिआरजी सुमन
कुनैपनि देशमा शासन वदलिन्छ संविधान वदलिन्छ वा संघ संस्थामा विधान वदलिन्छ तर ती शासक नेतृत्व तह उहि नै रहने गर्दा यावत समस्या आई नै रहने गरेका छन । अमेरिकी मुलुक भेनेजुयला,अफ़्रीकन मुलुक नाईजेरिया देखी एसियन मुलुक नेपाल सम्म यो समस्या क़ायम नै भएकोले यी देशहरु समृद्ध हुनुको सट्टा अधोगतितर्फ उन्मुख छन । कुनै पनि सस्थामा System नहुदा सर्वस्व खराव हुने र जताततै समस्या देखापर्ने गरेका छन । संसारमा मानव सभ्यताको परिचय (सिस्टम) प्रणाली अर्थात विधिको शासन हो । विश्व परिवेशमा कुनैपनि संस्थाले आफ्नो कानुन वनाउने र आचारसंहिता लागु गर्ने व्यवस्था सर्वत्र छ तर यसलाई कार्यान्वयन गर्ने पक्ष खुकुलो भएकोले विश्वभर समस्या आई नै रहेका छन कारण कानुन वनाउनुहरु नै अपराधी संजालका सदस्य भएकोले आफुलाई फसाउने खालको नियम वनाउन चाहदैनन् ।
देशमा जुनसुकै तन्त्र र सरकार जे जे भनेपनि ती शासक पन्चायत कालकै लोभी र डाका भएकोले नेपाल दिनानुदिन तहसनहस हुदै गएको छ । नेपालको तराई भागमा वाढी जानु र पहाडमा पहिरोले क्षति पुराउनुमा ती शासकहरु नै मुख्य दोषी छन । हिउँदभर पहाडमा डोजर चलाएर पहाड भत्काउने अनि तराईमा ती पहाड खसेर पहाड़ लैजान्छ अनि तराई डुवानमा पर्छ । यता समवेदना र राहतको नाटक गरी जनताको पैसा होलिकप्टरमा उडाएर दुई वोरा चामल दिएर के के नै गरेको जस्तो हल्ला गर्दै मिडियावाजी गर्ने नेताको दिमाग कहिले पलाउने हो ?
देशमा विज्ञ र क्षमतावान युवाहरु हुदाहुदै तिनै साठी वर्ष उमेर कटेका आधुनिक विकासको सामान्य ज्ञान समेत नभएका पितृहरुलाई वृद्धाश्रममा राखी स्याहार सुसार गर्ने समयमा मन्त्रालयमा मन्त्रीको सपथ खुवाउने जनता झनै अपराधी हो । जनतालाई यो शासक पहिले देखि आएको हो केही गर्ने ढंग छैन भन्ने थाहा हुदाहुदै पनि पटक पटक भोट दिएर उसैलाई जिताउनेहरु पनि कम दोषी छैनन् । यो देशमा सिस्टम कै खडेरी छ । यहाँ पहुँच हुनेहरुलाई जस्तोसुकै अपराध गरेपनि छूट छ । कानुनले कारवाही गर्ने क्षमता राख्दैन तर निर्दोश निमुखा जनता जहिले पनि चपेटमा परि रहेका छन । १३ वर्षीय निर्मला हत्या काण्ड , राजदरवार हत्या काण्ड देखी मदन भण्डारी हत्या काण्डका अपराधीलाई समेत सार्वजनिक गर्ने औक़ात नराख्ने नेपाली शासक र कानुन सामान्य मुद्धामा फस्नेलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने होडमा देखिन्छ । यता करोड़ोंका भ्रष्टचारी खुलेयाम न्यायाधीशसँग हिड्छन देशद्रोहीहरु खुला मन्त्रीसँगै हिड्छन सरकारले समातेर कानुनी कारवाही गर्ने हैसियत राख्दैन तर देशका भ्रष्टचारीलाई कारवाही गर्नुपर्छ भन्नेहरुलाई प्रतिवन्द गर्ने यो सरकार देश वेच्नेलाई छूट दिएर फेसवुकमा स्टाटस राख्नेलाई पक्राउ पुर्जी जारी गर्नेगर्छ ।
आज नेपालमा कम्युनिस्ट सरकार छ भनेर केही काम गरेन भन्ने कांग्रेसहरु पनी हिजो वहुमत सहित पटक पटक सरकारमा गएकै हुन तर पनि कुनैपनि अपराधीलाई कारवाही गरेको इतिहास छैन । नेपालका प्रधानमन्त्री र राष्ट्रपतिले नेपाल कसरी सुरक्षित र समृद्ध वनाउनु पर्छ भन्ने सोच्नु पर्छ योजना वनाउन सक्नु पर्छ । देशको कानुन र नियमको पालना गर्नु र गराउनु पर्छ आफु कुनैपनि आपराधिक क्रियाकलापमा मुछिएको हुनु हुदैन । कही नभएको जात्रा हाँड़ी गाउमा भने झै ताइनतुईको छाडातन्त्र नेपालमा भित्राएर देशैभर लुटिखाने छोटेराजा नियुक्त गरी मुलुकलाई अनावश्यक ऋणको भारमा फसाउने खेल कसैवाट पनि हुनु हुदैन थियो । यहाँ कार्यकर्ता र जनताको सामु आफुहरु झगड़ा गरे जस्तो देखाएर आफुहरु भित्रभित्रै मिलेर सवै दलले देश सखाप पारेका छन भन्दा ती दलका भरौटेहरुलाई रिस अवस्य उठ्ने छ तर वास्तविक रुपमा गायक पशुपति शर्माको लुट्न सके लुट गीत यथार्थ परक नै छ । यो देशमा सर्वप्रथम सिस्टम कै खडेरी परेको छ भन्दा अनर्थ लाग्दैन । संविधान बमोजिम कुन पदको काम कर्तव्य र अधिकार क्षेत्र के हो त्यो थाहा छैन प्रधानमन्त्री देखी मुख्यमंत्री अनि मेयर र पालिका सहित वडा अध्यक्ष सम्म राष्ट्रपति भन्दा शक्तिशालि भएका छन । यहाँ सत्य वोल्नेलाई फसाएर कमजोर वनाउने र षड्यन्त्र गरी मार्ने सम्म हुन्छन । यसको उदाहरण केही दिन पहिले सरकारले वरिष्ठ पत्रकार रवि लामिछानेलाई पेश गर्न खोज्यो वा पुर्वेली मेयरले स्थानीय पत्रकारलाई मार्न एक करोड़ छुट्टाएको कुरा मिडिया मार्फ़त सार्वजनिक गर्यो यसवाट के सावित हुन्छ भने यो देशमा नैतिक संकट छ जसले जे गरेपनि छूट छ ।
यदि देशमा विकास गर्ने हो र देशलाई समृद्ध वनाउने हो भने आजसम्म संसद भवन र मन्त्रालय पुगेका सवै नेतालाई अनिवार्य अवकाश लिन लगाई नयाँ पिडी संसदमा पुग्नु पर्छ । यदि कसैले राज्य कोषको एक रुपैया पनि भ्रष्टचार गर्छ भने त्यसलाई खुला चौरमा गोली ठोकेर मार्ने कानुन वनाएर लागु नै गर्नु पर्ने हुन्छ । जनताको कामगर्ने सपथ लिएर सरकारी जागीर खाने कर्मचारीलाई आफ्नो नौकरी प्रति वफ़ादार वनाउनु जरुरी छ । यहाँ नेता र कर्मचारी कै मिलेमतोमा भ्रष्टचार मौलाएको छ भन्ने कुराको प्रमाण पुर्व अख़्तियार प्रमुखले सावित गरेका छन । नैतिकता र अनुशासन क़ायम राख्नको लागी कुनैपनि संस्थाको विधान राम्ररी अध्यायन गरी अक्षरत: पालना गर्ने गराउनु पर्नेहुन्छ जो आजसम्म भएको देखिदैन । आफ्नो जिवनभर त्यहि सस्थामा काम गरेको सदस्यले पदाधिकारि नपाएर आगन्तुक संस्थावाट आउने पाहुनालाई मुख्यपद वाडेकै कारण धेरै संस्था डामाडोल हुदै आएका छन । नेपालमा धेरै सस्थाहरुले दुनियालाई आँखा छल्न नियमित वा अनियमित रुपमा अधिवेशन र निर्वाचन गराएको देखाएता पनि पदाधिकारि छनौट, निर्वाचन प्रकिया, विधान संसोधनमा चोर चोर मिलेर पद वाड्छन अनि भाडाका मिडिया वा आफ्नै प्रवक्ता मार्फत समाचार संप्रेषण गर्छन तर मुख्य पदमा हिजो कै चोर डाका फटाहाहरु देखिन्छन यहि हो नेपालको हविवत र देश विगार्ने पनि यीनै हुन । जवसम्म संसारमा सिस्टम अर्थात प्रणालीको व्यावस्था अक्षरत: कार्यान्वयन हुदैन तव सम्म जनता जति भुकेपनि केही पनि हुनेवाला छैन किनकी अपराधीहरुले नै प्रहरी प्रशासन,मन्त्रालय र अदालत हात लिएको हुदा यावत मु्द्धामामिलाको औचित्य छैन ।
लेखक : पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँची का संरक्षक तथा अर्घाखाँची डटकम् व्युरो प्रमुख हुनुहुन्छ ।