उपनिर्वाचन गराउन दलहरुसँग निर्वाचन आयोगको छलफल सर्वदलीय छलफल

news
निर्वाचन आयोगले विभिन्न तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गराउने प्रयोजनका लागि दलहरुसँग छलफल सर्वदलीय छलफल गर्दैछ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दललाई बोलाइएको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । 
काठमाडौंको कान्तिपथस्थित आयोग सभाकक्षमा हुने बैठकको निष्कर्ष बमोजिम आयोगले विभिन्न तहमा रिक्त रहेका स्थानको मतदानका लागि सरकारसमक्ष मिति तोक्न सिफारिश गर्ने छ । 
देशभर विभिन्न कारणबाट रिक्त भएका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने छ । प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक तथा ३८ वडामा चुनाव गराउनुपर्ने प्रवक्ता खरेलले बताए ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर गत फागुन १५ मा तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा फेरि चुनाव गराउनुपर्ने भएको छ ।
प्रदेश पाँचमा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनापछि मृत्यु भएकाले दाङ क्षेत्र नम्बर ३ को