जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ ।
सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए । अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।
खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित छन् भने अस्पतालका प्रमुख डा अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ ।
जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । डा मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा पोखरेल दुईहप्ते बिदामा रहेको निमित्त प्रमुख रञ्जु पोखरेलले बताइन् । त्यस्तै आयोजना कार्यान्वय एकाइ (शिक्षा) मा १० कर्मचारी रहेकामा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताए ।
यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी