बाढी तथा डुबानले क्षति पुर्याएको एक महिना भइसक्दासमेत सर्लाहीमा सरकारी राहत वितरण हुन सकेको छैन ।
रेडक्रसलगायतका संघ-संस्था र सरकारी निकायमार्फत् जम्मा भएका राहत सदरमुकाम मलंगवास्थित नेपाल रेडक्रस सोसाइटीको गोदाम र जिल्ला प्रहरी कार्यालयमा थन्किएको हो ।
सर्लाहीमा हालसम्म गैरसरकारी संस्थालेमात्रै राहत वितरण गरेका छन् ।
नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले गैरसरकारी संस्थाले उपलब्ध गराएको राहत पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई वितरण गर्न जनप्रतिनिधि र नेताबीच तँछाड