नगरकोटमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने क्रममा केहीबेर तनाव भएको छ ।
घरटहरा भत्काएको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन समेत गरेका थिए । सो क्षेत्रमा अवैधानिक रुपमा बनाइएका घरटहरा स्थानीयको विरोधकाबीच प्रहरी परिचालन गरेर वन कार्यालय, चागुनारायण नगरपालिका भत्काएको छ ।
जिल्ला वन कार्यालयले भक्तपुर र चागुनारायण नगरपालिकाले वडानम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो ।
यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए । भक्तपुरको चागुनारायण र काभ्रेको मण्डनदेउपुरमा गरी करिव तीनसय घरटहरा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको छ । इमेजखबरमा समाचार छ ।