मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ ।
हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपाउन अनुरोध गरेको हो ।
जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि मानिन्छ । यस समयमा मनसुनी