प्रधानमन्त्री ओलीसित भारतका विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

news
प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन् ।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेटमा दुई देशबीचको फराकिलो सम्बन्धलाई थप उचाइमा लैजानुपर्नेमा जोड दिइएको जानकारी दिए ।
राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्वमा जोड दिइएको डा. भट्टराईले बताए ।
भेटमा भारतीय विदेशमन्त्री जयशंकरले दुई देशबीच राजनीतिक तहमा विश्वासको वातावरण मजबुत् बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहेको र यसलाई नयाँ उचाइमा लिएर जाने जनाएको डा. भट्टराईले बताए ।
जवाफमा प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए ।
भारतीय विदेशमन्त्री जयशंकर दुईदिने औपचारिक भ्रमणकाक्रममा बुधबारै काठमाडौं आइपुगेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल