लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित तीनदिने थरुहट/थारुवान राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको छ ।
सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको छ ।
सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्याउनुका साथै पहिचानका पक्षधरलाई एकताबद्ध गरेको घोषणापत्रमा उल्लेख छ ।
बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत् भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकताका साथ लागेको सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।
मधेस/थरुहट आन्दोलनकाक्रममा भएका घटनाको छानबिनका लागि गठित गिरिशचन्द्र लाल आयोगसहितका विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई घोषणापत्रमार्फत् माग गरिएको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिए ।
भदौ ८ गतेका दिन