सुनसरीमा देखिएको डेंगीको संक्रमण तीन महिना हुँदा पनि नियन्त्रणमा आउन सकेन्

सुनसरीको धरान उपमहानगरभित्र देखिएको डेंगीको संक्रमण तीन महिना हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन।
डेंगी नियन्त्रणका लागि उपमहानगरले सचेतना अभियानदेखि लामखुट्टेका लार्भा नष्ट र सरसफाइलाई तीव्रता दिए पनि बिरामीको संख्या बढ्दो छ।
धरान उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव डेंगी नियन्त्रणमा लिन नसकिएको स्वीकार गर्छन्।