आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको अनुमान गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको आर्थिक स्थितिमा उक्त अनुमान गरेको हो ।
गत बर्ष कृषि क्षेत्रको वृद्धि ५.० प्रतिशत, उद्योग क्षेत्रको ८.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको अनुमान छ ।
आर्थिक वर्ष २०७५/७६मा कुलगार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत, उद्योगको १५ दशमलब २ प्रतिशत र सेवा क्षेत्रको अंश ५७ दशमलबर ८ प्रतिशत रहेको पनि जनाइएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको २०.५ प्रतिशत पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।
गत बर्ष कुल पर्यटक आगमनमा २३.९ प्रतिशतले वृद्धि भई पर्यटक संख्या १२,३८,५८९ पुगेको पनि राष्ट्र र्बैंकले जनाएको छ ।
यो बर्ष वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।
कुल वस्तु व्यापार घाटा साढें १३ प्रतिशतले विस्तार भई रु.१३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत रहेको छ ।
निर्यात बृद्धिदर केही बढेपनि आयात अत्यधिक बढ्दै गएका कारण व्यापार घाटा उच्च दरले बढेको हो ।
यस अवधिमा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर रु.१४१८ अर्ब ५४ करोड पुगेको छ ।
अघिल्लो वर्षयस्तो आयात २५.८प्रतिशतले बढेको थियो । कुल वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई रु.९७ अर्ब ११करोड पुगेको छ ।
अघिल्लो वर्षयस्तो निर्यात जम्मा ११.४ प्रतिशतले वृद्धि भएकोे थियो ।
शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.९६ करोडले बचतमा रहेको थियो ।
यस अवधिमा चालु खाता रु.२६५ अर्ब ३७ करोडले घाटामा रहेको जनाइएको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.२४७ अर्ब ५७ करोड रहेको थियो । इमेजखबरमा समाचार छ ।