प्रहरीले कन्टेनर चालकमाथि गरेको दुर्व्यवहारको घटनाको विरोधमा कन्टेनर चालकले गरेको रसुवा बन्द फिर्ता

news
टिमुरे प्रहरीले कन्टेनर चालकमाथि गरेको दुर्व्यवहारको घटनाको विरोधमा कन्टेनर चालकले गरेको रसुवा बन्द फिर्ता लिएका छन् ।
घटनामा संलग्न दुई प्रहरीलाई तत्काल जिल्ला प्रहरी कार्यालय पठाउने र सीमा प्रहरीचौकीका इन्चार्ज प्रहरी उपरीक्षकले कन्टेनर चालकमाथि दुर्व्यवहार गर्न लगाएको हो वा होइन सत्यतथ्य बुझी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्नेगरी सरकारी वकिलको सयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठनलगायत ८ बुँदे सहमति गरिएपछि कन्टेनर चालकले बन्द फिर्ता लिएका हुन् ।
बुधबार सर्वपक्षीय बैठकको संयोजकत्व गरेका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाइने बताए ।
मंगलबार साँँझ टिमुरे प्रहरीले कन्टेनर चालक श्रीमान तामाङमाथि गरेको दुर्व्यवहारको घटनालाई लिएर दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै कन्टेनर चालकहरुले रसुवा बन्दको आह्वान गरेका थिए । इमेजखबरमा समाचार छ ।