पोखरामा सेतो पुतलीको आतंक, आँखाका रोगी बढ्न थाले

news
पोखरामा सेतो पुतली (शापु)को आतंक बढेको छ । ४४ वर्षअघि पोखराबाट फाट्टफुट्ट रुपमा देखिएको सेतो पुलती अहिले हजारौंको संख्यामा रहेको चिकित्सकहरु बताउँछन् ।
पुतलीको कारण अहिले दैनिक जसो ४-५ जना विरामी अस्पतालमा आउने गरेको हिमालय आखाँ अस्पतालकी डा.ईलिया श्रेष्ठ बताउँछिन् । यसलाई हेलचेक्क्राई नगरी बच्न समेत चिकित्सकहरुको सुझाव छ ।
रातको समयमा घरभित्र ट्युवलाइट, विजुली बत्ती, पर्दा, कपडा, झ्यालमा यो पुलती बस्ने गर्दछ । यो पुतलीको झुस आखाँमा पर्‍यो भने आखाँको ज्योतिसम्म गुम्ने गरेको चिकित्सकहरु बताउँछन् ।
यस्तै रातको समयमा सडकका छेउछाउका विजुलीका बत्तीमासमेत यो पुतली बस्ने गर्दछन् । यदी यस्तो देखिएमा पुतलीलाई नछुने र घरभित्र पस्न नदिने चिकित्सकको भनाइ छ ।
यो पुतली एक वर्षको अन्तरालमा प्राय वर्षाको समयमा देखिने गरेको छ । यसका लक्षणहरुमा एक्कासी एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा कमी आउनु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु रहेका छन् ।
रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नसके आँखाको दृष्टि गुम्न सक्नेसमेत डा. श्रेष्ठ बताउँछिन्  ।
गण्डकी प्रदेशमा देखिएको सेतो पुतली प्रकोपबाट हिमालय आँखा अस्पतालमा आएका विरामीमध्ये ३४ जना कास्कीका रहेका छन् ।
यो रोगवाट पर्वत, स्याङजा, बाग्लुङवाट दैनिक जसो बिरामी आउने गरेका छन् । इमेजखबरमा समाचार छ ।