डेंगीको प्रकोप बढेको भन्दै सचेत रहन सर्वसाधारणलाई आह्वान

news
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केही महिनायता लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको प्रकोपको बढ्दै गएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ ।
महाशाखा र विश्व स्वास्थ्य संगठनले बिहीबार राजधानीमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान पुर्‍याउन र शरीर पूरै ढाक्ने लुगा लगाएर बस्न आग्रह गरेका छन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. बीएन नागपलले सवारी-साधनको टायर, अस्पताल, सरकारी कार्यालयहरुसमेत डेंगीको बढी जोखिममा रहेको बताए ।
डेंगी रोग नियन्त्रण गराउन स्वास्थ्य मन्त्रालयसँगै अन्य मन्त्रालयहरुसमेत लाग्नुपर्ने भन्दै डा. नागपालले ७० प्रतिशत मानिसमा डेंगीको लक्षण नै देखा नपर्ने हुँदा व्यक्ति आफैं पनि सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डेंगी रोग नियन्त्रण गर्न कुनै  भ्याक्सिन र औषधिसमेत नभएको बताए ।
डेंगी लागेको व्यक्तिको शरीरमा पानीको मात्रा कम हुने हुँदा झोलिलो खानेकुरा बढी खाने र प्यारासिटामोल