रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

news
रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-१०, चुनको दलित नमुना बस्तीका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
स्थानीय मालिका माध्यमिक विद्यालयबाट फर्कंदै गर्दा बुधबार उनीहरु पहिरोमा परेका थिए ।
मृत्यु हुनेमा कक्षा-४ मा पढ्ने सावित्रा विक र दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
पहिरोमा पुरिएलगत्तै उद्धार गरिएपनि उनीहरुलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
उक्त क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।
यस वर्ष रुकुम पश्चिममा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भइसकेको छ । इमेजखबरमा समाचार छ ।