शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) – अर्घाखाँची भदौ/ ३१ । मुख्य मन्त्री शंकर पोख्रेलले वर्तमान सरकार पुरानो सरकारको निरन्तरता नभएको बताउनु भएको छ । प्रेस संगठन अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले व्यवस्था परिवर्तन पछि बनेको नेकपा नेतृत्वको सरकारले विभिन्न चुनौतीका बीच देश र जनताको पक्षमा दृढता पुर्बक काम गरेको बताउनुभयो ।
सामन्ती राजसंस्थाको अन्त्य गरि जनताको सरकार निर्माण बाट यथास्थितिवादी हरु अत्तालिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले संविधानको कार्यान्वयन , नयाँ कानुन को निर्माणका साथ सरकारले बिकास र समृद्धिको यात्रालाई अघि बढाएको बताउनु भयो । उहाँले छिट्टै नै राजधानी र प्रदेश नामाकरणको टुङ्गो लगाउने बताउँदै ,सुझाव संकलन समितिको सिफारिस र बिज्ञहरुको सुझावको आधारमा सहमतिमा राजधानी र नामाकरण टुंगो लगाउने बताउनु भयो ।
संघियता मुलुकको बिकास ,समृद्धि र सामाजिक न्यायको हिसाबले निक्कै महत्वपुर्ण भएको भन्दै उहाँले नेपालको संविधान लागु भएपछि संघियतामा थप भएको प्रदेश सरकार हो,स्थानिय र केन्द्रिय सरकार भन्दा प्रदेश सरकारको प्रगति बढि छ । आफ्नो प्रदेशमा पतिपक्ष दलसँग पनि सहकार्यमा छौ भन्दै उहाँले कुनै विवाद नरहेको र सरकारको भावना अनुसार अँगाडी बढेकोमा प्रतिपक्षलाई धन्यवाद दिदैँ प्रदेश ५ को गतिविधीलाई निहाल्दै केन्दमा समेत सहकार्य गरेर अघिबढ्न प्रतिपक्ष लाई आग्रह गर्नुभयो ।
५ वर्षसम्म नेपाली जनताले नेकपालाई बहुमत सहित सरकार चलाउन दिए, ५ वर्षसम्म ढुक्क सरकार चलाउँछौँ, प्रतिपक्षी लाई नआत्तिकन बस्न आग्रह गर्दै सहकार्य गरेर अगाडी बढ्नुपर्छ, नेकपा लोकतान्त्रिक प्रक्रियामा सधै अगाडी बढ्छ, सरकारको समयअवधि सकिएपछि पुनः निर्वाचन गछौँ, जसको बहुमत आउँछ, उसैले सरकार चलाउँनुपर्छ, अहिल्यै अत्तालिनुपदैँन् उहाँको भनाई थियो ।
संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताउँदै उहाँले संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको भन्दै अगाडि भन्नुभयो