टेकराज भुसाल (टेकु)
बुटवल – कालिका मानवज्ञान मा• बि काे ५९ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस- २०७६ काे अवसरमा अायाेजित पुरस्कार वितरण एंव सम्मान कार्यक्रम लाई सम्बाेधन गर्दै प्रदेश ५ का उधाेग,पर्यटन, बन तथा वातावरण मन्त्रि लिला गिरी ले मुलुककाे शिक्षा निति कमजाेर भएकाे बताउदै बिद्यालय तथा बिश्व बिद्यालय बाट प्राप्त हुने शिक्षाले नै बेरोजगार बढाएकाे भन्दै देशका सम्पूर्ण बिद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने बताउनु भएकाे छ।
शिक्षामा निजी क्षेत्रकाे प्रभित्व जमाउदै गएकाे भन्दै मन्त्री गिरी ले सामुदायिक बिद्यालयहरुमा प्राविधिक बिषय अध्यापन गराउनु पर्नेमा जाेड दिनु पर्ने बताउदै सामुदायिक विद्यालयलाई अघि बढाउन सरकारले विशेष खालले जाेड दिएकाे बताउनु भयाे ।
कार्यक्रममा प्रदेश सांसद बाेद प्रसाद श्रेष्ठ, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हाेम बहादुर गलामी, प्राचार्य घनश्याम पाठक बाेल्नु भएकाे थियाे।
कार्यक्रमकाे अवसरमा भुतपुर्व बिद्यार्थी समाजले रक्तदान कार्यक्रम सञ्चालन गरेकाे थियाे भने राष्ट्रिय स्वाधीनतामा युवा बिषयक शेर बहादुर गुरुङ जिल्ला स्तरिय कबिता प्रतियोगिता आयाेजना गरिएकाे थियाे।
उक्त कबिता प्रतियोगितामा हाेराइजन गाैतम बुद्ध क्याम्पसका प्रवेश आचार्य ले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने दाेस्राे र तेस्रो क्रमश तिलाेत्तमा का शैलेस पाण्डे र कालिका मानवज्ञान मा•बि का बविता भट्टराई ले हासिल गरेका थिए , कविता प्रतियोगितामा १४ बिद्यालयकाे सहभागीता रहेकाे थियाे।
विभिन्न अक्ष्यकाेष दाताले निर्माण गरेकाे रु ७३ लाख बराबरकाे अक्ष्यकाेष बाट बिद्यालयका १०२ जना बिद्यार्थी लाई पुरस्कृत गरिएकाे थियाे भने बिद्यालय का , ८ जना उत्कृष्ट बिद्यार्थी र ८ जना उत्कृष्ट तथा जेेष्ठ शिक्षक लाई पुरस्कृत तथा सम्मान गरिएको थियाे।
कार्यक्रमकाे मुल समाराेह भाेली ७ गते प्रदेश पाँचका मुख्य मन्त्री शङ्कर पाेख्रेल ले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष हाेम बहादुर गलामी ले जानकारी दिनु भएकाे छ।