माधव खनाल
पौष २० प्युठान । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काले नेपामा बिदेशिको मन बुझाउनको लागि जबरजस्ती लादिएको संघियता असफल भैसकेको बताएका छन । मल्लरानी गाउँ पालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई २०७६ पौष २० मा सम्बोधन गर्दै खड्काले उक्त कुरा बताएका हुन । सम्बोधनका क्रममा अध्यक्ष खड्काले बर्तमान सरकारले देसको सिमा मिचिदा समेत “कानमा तेल हालेर बसेको” आरोप लगाए ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा प्रदेश न ५ का अध्यक्ष बोम बहादुर खत्रीले बर्तमान सरकारलाई कम्युनिस्ट को सरकार भनेर भन्न पनि लाज लाग्ने दिन आइसकेको बताए । भेलामा मन्तव्य दिने अन्य अतिथिहरूमा मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज राना , उपाध्यक्ष सरिता जिसि, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, जातिय समता समाजका केन्द्रिय सदस्य रुमान नेपालि, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य खगा राना , अखिल (छैठौं )का रमेश बिक लगायत रहेका थिए ।
भेलाले सुर्य बहादुर नेपालीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँकमिटी गठन गरेको छ । समितिको उपाध्यक्ष डोर प्रसाद पोख्रेल , सचीव जीवन केसी र कोषाध्यक्ष पबित्रा पोख्रेल रहेका छ्न । गठित समितिका सदस्यहरुमा कमल पौडेल, रुमान केसी , रुमान नेपाली, भुमा जिएम , गणेश जिसि, सत्यमोहन राना, आत्मराम केसी, भक्त बहादुर भट्ट, वसन्त केसी , गिरिराज पौडेल , बोदिप्रसाद पोख्रेल, शोब बहादुर नेपाली, ओबबहादुर पुन , तेजबहादुर श्रेष्ठ, बोमबहादुर पुन , सरस्वती थापा , दामोदर शर्मा , भरत श्रेष्ठ , उजेली बिक, नारायण पाण्डे , चेतबहादुर पुन र सीता पुन रहेका छ्न ।
समितिको एक स्थान रिक्त राखिएको छ । # भेलाको कार्यक्रम सुर्य बहादुर नेपालीको अध्यक्षता जीवन केसीको स्वागत र कमल पौडेलको संचालनमा अघि बढेको थियो ।