प्रधानमन्त्री केपी शर्मा ओलीले देश सुशासनमा गईसकेको भन्दै राष्ट्र निर्माणको कार्यमा एकजुट हुन आग्रह गरेका छन् ।
१९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बिहीबार राजधानीमा गरिएको कार्यक्रममा उनले हरेक कार्य क्षेत्रमा रहेका जोसुकै कर्मचारी आ–आफ्नो क्षेत्रबाट देश बिकासमा जुट्नु जरुरी रहेको बताए ।
सशस्त्र प्रहरीले शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनका खेलेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।
कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट बाहिनी पुरस्कार प्रदान गरियो ।
सो अवसरमा सशस्त्र प्रहरी बलले विभिन्न क्षेत्रमा गर्दै आएको कार्यको नमुना अभ्यास तथा कलाकौशल प्रदर्शन गरिएको थियो । २०५७ साल माघ ९ गते सशस्त्र प्रहरी बल गठनका लागि अध्यादेश जारी भएको दिन पारेर सशस्त्र प्रहरीले हरेक बर्ष माघ ९ गते सशस्त्र प्रहरी दिवस मनाउने गरेको छ । इमेजखबरमा समाचार छ ।