विवादित विधेयकहरु पारित गराउने सत्तापक्षको तयारी, विपक्षी कांग्रेस रोक्ने रणनीतिमा

news
प्रतिनिधिसभाले नयाँ सभामुख पाएसँगै संसदको हिउँदे अधिवेशन सन्चालनको बाटो खुलेको छ ।
संसद बैठकमा कसरी प्रस्तुत हुने भनेर सत्तापक्ष र विपक्षी दलहरु रणनीति बनाउन जुटेका छन् ।
विधेयक अधिवेशको रुपमा लिइने हिउँदे अधिवेशनले थुप्रै विधेयकहरु पारित गर्नुपर्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादित बनेका केही विधेयकहरु पारित गराउने रणनीतिमा छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस भने जनविरोधी र अधिकार खोस्नेखालका विधेयकहरु संसदबाट पारित हुनै नदिने पक्षमा देखिन्छ ।
प्रतिपक्षी बलियोसँग उभियो भने गलत मनसायले आउने विधेयकहरु पारित हुन सक्दैनन् र सत्तारुढ दल सहमतिमा आउन बाध्य हुनसक्छ ।
विधेयकका मामिलामा सत्तापक्ष र विपक्षी दलबीच संसदमा जुहारी चल्ने र मतान्तर हुने सम्भावना बलियो देखिन्छ ।
संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्न नसकेको भनेर आलोचित कांग्रेसले संसदमा सशक्त आवाज उठाउने दाबी गरेको छ ।
संसदमा प्रतिपक्ष बलियो भएमात्र जनताका अधिकार सुरक्षित हुन्छ, सरकारका गलत काम रोकिन्छ र लोकतन्त्र झनै बलियो हुन्छ ।
तर, पछिल्लो समय सत्तापक्ष र विपक्षी दलबीच भागबन्डाका आधारमा अगाडि बढ्ने सहमति भएको सन्दर्भमा फेरि पनि प्रतिपक्षी भूमिका कमजोर हुने त होइन भन्ने आमआशंका छ । इमेजखबरमा समाचार छ ।