कपिलवस्तुमा नदीजन्य पदार्थको अवैध दोहन बढ्दै

news
कपिलवस्तु नगरपालिकाले प्रदेश सरकारको कार्यविधिविपरीत आफ्नै कार्यविधि बनाएर लगाएको ठेक्काको अनुगमन नगर्दा नदीजन्य पदार्थको अवैध दोहन बढ्दै गएको छ ।
नदीमा अनियन्त्रितरुपमा दोहन र चोरी–निकासी बढेसँगै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तिलौरी नाकाबाट बालुवा चोरीमा संलग्न सातओटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि मंगलबार जिल्ला समन्वय समिति कपिलवस्तुमा बुझाएको छ ।
कपिलवस्तु नगरपालिकाले सूर्योदयअघि र सूर्यास्तपछि बिनाबिल नदीजन्य पदार्थ निकाल्न नपाउने शर्तमा ठेक्का लगाएको भएपनि सम्झौताविपरीत यहाँ रातको समयमा पनि नदीबाट बालुवा निकाल्ने काम भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
यता, कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिले भने घटनाबारे कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।
कवीर निर्माण सेवाले तिलौरी नाकामा नदीजन्य पदार्थ उत्खनन्का लागि ३२ लाख ९० हजार रुपैयाँमा ठेक्का लिएको थियो । इमेजखबरमा समाचार छ ।