ललिता निवास जग्गा प्रकरणमा नेकपा नेतालाई उन्मुक्ति दिएको विरोधमा काँग्रेसको प्रदर्शन

नेपाली काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले  विरोध प्रदर्शन गरेका छन् ।
ललिता निवास जग्गा प्रकरणमा बदनियतपुर्ण तवरले राजनैनिक आस्थाका आधारमा नेकपा नेताहरुलाई उन्मुक्ति दिएको र अन्यलाई फसाएको विरोधमा संस्थाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
“कानुन सबैका लागि समान हुन् कानुनको आँखा छोपेर गरिएका निर्णयहरु हामीलाई स्विकार्य हुदैंन त्यसको विरोधमा हाम्रो विरोध प्रदर्शन हो” नेविसंघ महामन्त्री उर्मिला थपलियाले भनिन् ।
विरोध प्रदर्शनमा सम्पुर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको उपस्थिति रहका थिए । 
ललिता निवास जग्गा प्रकरणमा प्रतिशोधपुर्ण तरिकाले पार्टी उपसभापति तथा सांसद विजयकुमार गच्छदार लगायतलाई मुद्दा चलाइएको र तत्कालीन निर्णय गर्ने समयमा प्रधानमन्त्री हुने र जग्गा किन्ने मान्छेलाई उन्मुक्ति दिएकोप्रति काँग्रेसले विरोध गर्दै आएको छ ।  इमेजखबरमा समाचार छ ।