विराटनगर विमानस्थलमा ‘कोरोना’ संक्रमणको जोखिम नियन्त्रणका लागि ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ ।
प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त पहलमा मंगलबारदेखि विमानस्थलमा यात्रीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो ।
कोरोनाको जोखिम बढेपछि विमानस्थलमा स्वास्थ्य परीक्षण थालिएको प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।
विमानस्थलमा बिहान ५ बजेदेखि राति ९ बजेसम्म स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, संक्रमित यात्री फेला परे कोसी अञ्चल अस्पतालसँग समन्वय गरी ‘आइसोलेसन वार्ड’मा राखेर अनुसन्धान गर्ने र थप जाँच तथा परीक्षण गरिने छ ।
विमानस्थलमात्र नभएर नेपाल–भारत सीमाको रानी सीमानाकामा पनि चारजना स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षण सुरु गरिने जनाइएको छ । इमेजखबरमा समाचार छ ।