राष्ट्रिय जनमोर्चाले कपिलवस्तुमा कोरोना संक्रमण बारे जनचेतना जगाउँदै संगठन निर्माणमा

नवराज पौडेल
 कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिहेको संगठनात्मक अभियान कपिलवस्तुमा जारी छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको अवस्था तथा त्यसबाट बच्ने उपाया सिकाउँदै राजमोका नेता कार्यकर्ता जनताको घर दैलोमो छन् ।
अभियान अन्तर्गत जिल्लाका विभिन्न नगरपालिका, गाउँपालिका वडा तथा टोलमा सदस्यता वितरण, प्रशिक्षण, भेला तथा समिति गठन गरिएको राजमो कपिलवस्तुले जनाएको छ । यसैबीच शनिबार शिवराज नगरपालिका वडा नम्वर ३ भितरियामा राजमोको भेला सम्पन्न भएको छ ।
भेलाले कृष्ण कुमारी भण्डारीकोे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लिल बहादुर कुंवर, सचिव रेशम बहादुर भण्डारी, कोषाध्यक्ष सुमित्रा थारु, सदस्यमा अतिमला रोका मगर, चमेली थारु, पुजारी थारु, कल्पना पुन र गोपाल थारु चयन हुनुभएको छ । विष्णुदत्त पौडेल र दुर्गा बहादुर खत्रीलाई सल्हाकार चयन गरिएको छ ।
भेलालाई सम्वोधन गर्दै राजमो जिल्ला परिचालन समिति सदस्य एवम् अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदैले राष्ट्रिय जनमोर्चाको नीति, देशको राजनैतिक अवस्था तथा हाल विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको बारेमा सर्तकता अपनाउन सचेत गराउनु भएको थियो । अदैले कोरोनाबाट बच्न विषेश गरि बालबालिका र वृद्ध वृद्धाको सरसफाईमा विषेश ध्यान पुर्याउन उपस्थित सम्पुर्णलाई आग्रह गर्नु भएको थियो ।
नव गठित समितिलाई राजमो नगर सल्लाहाकार छन्द बहादुर केसी, शिवराज ३ का अध्यक्ष रामदेव कुर्मी लगाएत नेताले शुभकामना दिनु भएको थियो ।