सुनौलीहुँदै स्वदेश फर्कने नेपालीको संख्या तेब्बरले बढ्यो

news
भारत सरकारले जनता कर्फ्यू लगाए पनि रुपन्देहीको बेलहिया लगाएतका सीमा नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या झण्डै तेब्बरले बृद्धि भएको छ ।
सुनौलीहुँदै अहिले दैनिक १६ देखि १८ हजारसम्म नेपाली स्वदेश फर्किरहेको गरेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ ।
गत बर्ष यो समयमा दैनिक ४/५ हजारको संख्यामा मानिसहरु नेपाल आउने गरेको तथ्याङक छ ।
नेपाल आउनेको भिड बढेपछि स्वास्थ्य जाँचको लागि तीनवटै सुरक्षा निकायलाई खटाइएको छ । नेपाली सेनासहितका सुरक्षाकर्मीले नाकामा निगरानी बढाएका छन् ।
वेलहियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना लगाएर भिड व्यवस्थापन गरिएको स्थानीय प्रसाशनले जनाएको छ ।
यसैगरी प्रदेश ५ का सानाठूला गरी १७ नाकामा सर्वसाधारणको आउजाउ ह्वात्तै बढेको छ । ती नाका बन्द गर्नुको साटो प्रशासनले हेल्थ डेस्क सञ्चालन गरेर सहजीकरण गर्दै आएको छ  । इमेजखबरमा समाचार छ ।