सरकारले नेपाल–भारत सीमानाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन ‘क्वारेन्टाइन’मा बस्ने शर्तसहित अन्तिमपटकका लागि नेपाल प्रवेश गर्न दिएको छ ।
भारतबाट आएका नेपालीहरु विभिन्न नाकामा ठूलो संख्यामा रोकिएर समस्या उत्पन्न भएकाले उनीहरुलाई शर्तसहित नेपाल प्रवेश गर्न दिइएको हो ।
कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार दिउँसो बसेको बैठकले अन्तिमपटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।
यस्तै, धुलिखेल, वीर अस्पताल र बीपी कोइराला प्रतिष्ठानमा उपकरण जडान गर्ने निर्णय पनि समितिले गरेको छ ।
यस्तै, कोरोना राहतका लागि जोसुकैले खडा गरेका कोषमा जम्मा हुने रकम एक साताभित्र केन्द्रीय कोषमा जम्मा गर्न भनिएको जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए ।
सरकारले कोरोनासँग सम्बन्धित कुनैपनि स्वास्थ्य सामग्री निजी क्षेत्रले आयात गर्न चाहेमा त्यसको अनुमति दिने निर्णय पनि गरेको छ । इमेजखबरमा समाचार छ ।