न्युयोर्क — लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ ।
गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय नेपाली नागरिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको न्युयोर्कस्थित नेपाली कन्सुलेट पुष्पराज भट्टराईले कान्तिपुरलाई जानकारी दिए । मृतकका आफन्तले फोनमार्फत आफूलाई खबर गरेको कन्सुलेट भट्टराईले बताए ।
शुक्रबारदेखि क्वीन्सस्थित एलमहष्ट अस्पतालको सघन उपचार कक्षमा उपचाररत ती व्यक्तिको स्थानीय समयअनुसार सोमबार राति निधन भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले जानकारी दिए । एजेन्सी, कान्तिपुर