कोरोना भाइरसबाट बच्न गरिएकोे लकडाउनको तेस्रो दिन कञ्चनपुरमा बिहानैबाट सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्थानीय प्रशासनसँगै सरकारले घोषणा गरेको लकडाउनमा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् ।
बिहानैदेखि गड्डाचौकी नाकासँगै सडकमा सुरक्षाकर्मीको बाक्ले उपस्थिति रहेको छ ।
लकडाउनका कारण बजार क्षेत्र सुनसान बनेका छन् भने अत्यावश्यक सामग्री बोक्ने सवारी साधन र औषधी पसलबाहेक अरु सबै बन्द छन् ।
सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएपनि कञ्चनपुरमा भने हालसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन ।
जसले गर्दा सरकारले लकडाउन गरेपनि कतिपयले भने यसलाई गम्भीर रुपमा नलिइ अनाश्यक रुपमा सडक तथा बजार क्षेत्रमा हिडेको पाइएको छ ।
यसैबीच आज पनि भारतबाट नेपाल फर्किदै गरेका झण्डै ३५ जना नेपालीलाई भारतीय सुरक्षा बल (एसएसबी) ले नाकामा रोकेर राखेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नेपाल भित्रिन दिने वा नदिने भन्ने विषयमा स्थानीय प्रशासनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् । इमेजखबरमा समाचार छ ।