नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ६ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो भएको परीक्षणमा एकजनामा यसको संक्रमण देखिएको हो ।
४ चैतमा कतारबाट आएको क्युआर ६५२ नम्बरको विमानमा आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।
यसबारे थप विवरण आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यस अघि ५ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे थियाे । एक जना उपचारपछि ठिक भइसकेका छन् । नयाँपत्रीकामा समाचार छ ।