कोरोना भाइरस र नागरिकको दायित्व

निरु आचार्य नवरश्मी 
 पछिल्लो समय विश्व दुनियामा आतंक मच्चाइरहेको कोरोना भाइरस  नेपाल लगाएत करिब १९४ भन्दा बढी देशमा फैलिसकेको छ ।यस्तो विकराल अवस्थामा राज्यको मात्र भर नपरि निजि क्षेत्र ,नागरिक समाज र नागरिक तवरबाट हातेमालो गरि अगाडि बढनुपर्ने अवस्था सिर्जना भएको छ ,यस्तो अवस्थामा राज्यलाइ एकनास दोसि नबनाइ नागरिकहरुले आफ्नो तहबाट गम्भीरतापुर्बक आफ्ना गतिविधि सन्चालन गर्नुपर्ने अवस्था सिर्जित भएको छ । कुन सत्ता पक्ष ,कुन प्रतिपक्ष ,कुन पाटि ,कुन जातजाति ,भाषाभाषी ,धर्म नभनी सबैजना मिलि विश्वभर फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्नुपर्ने भएको छ ।   
 नागरिकहरु राज्यले लगाएको नियममा बस्दा ,राज्यको नियन मान्न बाध्यकारी अवस्थामा पुगेको अनुभुती गर्दैछ्न तर वास्तवमा यो राज्यलाइ सहयोग गरेको मात्र नभई आफ्नो स्वास्थ्यको लागि गरिएको उच्चतम पहल हो ।सामान्य अवस्थामा जस्तै एक पक्षले गरेको निर्णय अर्को पक्षले बिरोध नै गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित हाम्रो समाज आजपनि अग्रपन्तिमा पुग्न सकेको छैन । आफुभन्दा दोस्रो ब्यक्तिले केही सकारात्मक कार्यको शुरुवात गर्न खोज्दा प्रेरणा गर्नुसट्टा खुट्टा तान्ने प्रवृत्ति अझै पनि हाम्रो समाजमा जलन्त रुपमा देख्न पाइन्छ । बिबिधतामा एकता ,होस्तेमा होइसे भनेर जतिसुकै फुक्ला भाषण गरेतापनि ब्यबहारिक रुपमा कार्यन्वयनमा आएको पाउन सकिँदैन साथै देखावटि  रुपमामात्र भएको पाउन सकिन्छ ।   
सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन ,भिडभाडमा नजान ,मानिसहरु जम्मा नहुन आग्रह गरेतापनि अझैपनि कुनै कुनै ग्रामीण परिवेशमा त्यति कार्यन्वयनमा ल्याएको पाइदैन ।महान पर्व दशैमा गाउँ घर गएर धित नमरुन्जेल बस्न ,भेटघाट गर्न नपाएका दाजुभाइ हरु जम्मा भइ कृकेट खेल्ने ,भलिबल खेल्ने ब्याडमिन्टन खेल्ने ,खसी काट्ने ,तास खेल्ने ,गाउँमा त केही हुदैन सहरमा हो संक्रमण हुने भनी गम्भीर नहुने ,खोलामा जाने माछा मार्ने गरेको सुन्न पाइन्छ ।जतिसुकै शैक्षिक  क्षेत्रमा अब्बलता हासिल गरेतापनि बुद्धिमता प्रयोग गर्न सकिँदैन भने ती शैक्षिक प्रमाणपत्रको कुनै महत्व रहदैन र हरेक सकारात्मक कार्यको सुरुवात  हामी आफैबाट गर्नुपर्दछ भन्ने मानसिकता युवावर्गमा छ्तल्किरहनुपर्दछ ।    
 लकडाउनको समयमा सरकारले भनेको मान्नु मात्र नभई आफू र आफ्नो परिवार घरमा सुरक्षित तबरले रहनु पनि हो ।त्यसैले हरेक नागरिकहरुले यो भयावह स्थितिलाई     साम्य पार्नको लागि सत प्रतिशत होमक्वारेन्टाइनमा बस्नु अति जरुरी छ ।कर्फ्युको बेलामा समेत चोकचोकमा पुलिसहरु छ कि छैन ? मानिसहरु बाहिर निस्केका छ्न कि छैनन् ?भनी चियोचर्चो गर्न बाहिर बाहिर निस्किने हामी नेपालिको बानी करेन्टाइनको यो विषम परिस्थितिमा बिहान र साझ तरकारी किन्ने निहुमा हिंडडुल गरेको पाउन सकिन्छ । कसैले बाटो सुनसान छ भनी फोटा खिच्न ,सोर्स लगाएर पास काड बनाइ जथाभाबी बजार डुल्न होस् या प्रहरिले गरेको कार्यको भिडियाे खिच्न होस् ,मानिसहरु लुकिछिपी सडकमा निस्केको पाउन सकिन्छ ।
राज्यको चौथो अङ्ग भनेर चिनिने पत्रकारहरुपनि सुचनामा प्रथम हुने होडबाजीमा गलत सुचना सम्प्रेषण गर्न बन्द गरि अगाडि बढनुपर्ने जरुरी देखिन्छ ।यो लकडाउनको समयमा हामी पनि राज्य हो भनेर प्रत्येक नागरिकले चिन्तन मनन नगरे ,सुरक्षीत हुन सरकारको मुख नताके यो माहामारिलाइ अन्त्य गर्न सकिँदैन ,त्यसैले यो समयलाइ एक महत्वपूर्ण अवसर सम्झी परिवारको साथमा रमाइ रमाइ बस्ने , आफुले पढ्न नपाएका पाठ्यपुस्तकहरु पढ्ने ,घरायसी कामहरु गर्ने ,करेसाबारिमा तरकारी रोप्ने ,छोराछोरीहरुलाई घरको काम सिकाउने , सिपमुलक कामहरु गर्ने ,गर्न सिकाउने , सङै बसेर पारिवारिक छ्लफल , आर्थिक अवस्था ,र आगामी कार्य दिशाको बारेमा आफ्ना सन्तानले जानकारी पाउने हुदा घरपरिवार चलाउन पनि अझ बढी सहज हुन्छ । 
त्यसैले एक सच्चा देशभक्त नागरिक बनि आ आफ्नो ठाउबाट  राज्यलाइ सहयोग गर्नु आजको आवश्यकता हो ।