मालारानीको हंसपुरमा अति बिपन्न परिवारलाई राहत बितरण (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ६ को हंसपुरमा अति बिपन्न परिवारलाई राहत बितरण शुरु गरिएको छ ।
मालारानी गाउँपालिका वार्ड नं. ६  कार्यालयले हंसपुरमा अति बिपन्न २० जना परिवारलाई राहत बितरण कार्यक्रम सम्पन्न भएको हो । हंसपुरमा अति बिपन्न ४५ जना परिवारलाई राहत बितरण गरिनेछ । 
वडाअध्यक्ष नारायण अर्यालले डट्कमलाई बताए अनुसार २० जनालाई प्रति ब्यक्ति २० केजी चामल बितरण गरिएकाे र आबस्यक अन्य सामग्री केही दिनपछि बितरण बताउनु भएको छ ।
उता मालारानी गाउँपालिकामा अहिलेसम्म ८ जना क्वारेन्टाइनमा रहेका छन् ।
साथै अहिलेसम्म २७२ जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।  
यस्तै मालारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई बताए अनुसार  भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या २८१  पुगेको छ ।  
मालारानीमा अहिलेसम्म १३ ठाउँमा क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म १४४ बेडको क्षमता रहेको छ ।